|

जनकपुरधाम : राष्ट्रिय युवा संघ नेपालले सरकारको पक्षमा जनकपुरधाममा समर्थन जुलुस निकालेको छ।

एमाले प्रधानमन्त्री केपी शर्मा ओलीसमर्थित युवा संघ नेपालका नेता तथा कार्यकर्ताहरूको शक्ति प्रदर्शनमा 'प्रधानमन्त्री केपी शर्मा ओली जिन्दावाद', 'अघि बढ्नुस् केपी बा, साथ दिन तयार छौं', बिखण्डनकारी शक्ति मुर्दावादलगायतका नारा लगाएका थिए।

उनीहरूले कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्ध नाराबाजी गर्दै स्थानीय जनकचोकमा नेतात्रयको पुत्लासमेत जलाएका थिए।

विरोध प्रदर्शनमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य जानी खान, दिनेश सिंह, उज्जवल अग्रवाल, राजु गुप्ता, मुञ्जय राउत सहितको उपस्थिति रहेको थियो।

केही दिनअघि विपक्षी गठबन्धनका युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका थिए। त्यसको प्रतिवादमा उनीहरूले शक्ति प्रदर्शन गर्दै विपक्षी गठबन्धनका नेताहरूको पुत्ला जलाएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.