|

काठमाडौं : ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ।  आज विहान भएको पहिलो सेमिफाइनलमा ब्राजिलले पेरुलाई १-० ले हराएको हो। 

ब्राजिलको ओलम्पिया स्टेडियममा भएको खेलमा ब्राजिललाई जिताउन खेलको ३६ औं मिनेटमा लुकासले गोल गरे। साविक विजेता ब्राजिल लगातार दोस्रो पटक फाइनल पुगेको हो। फाइनलमा अब भोलि हुने अर्जेन्टिना र कोलम्बियाको विजेतासँग खेल्ने छ। फाइनल खेल जुलाई १० मा हुने छ। 

ब्राजिलले अघिल्लो संस्करणमा पेरुलाई ३-१ ले हराएर उपाधि जितेको थियो। यसै संस्करणको समूह चरणमा ब्राजिलले पेरुलाई ४-० ले हराएको थियो।

समूह 'बी' मा ब्राजिल समूह विजेता बनेको थियो भने पेरु उपविजेता बनेको थियो। ब्राजिलले १० र पेरुले ७ अंक जोडेर क्वाटरफाइनलमा स्थान बनाएका थिए।

क्वाटरफाइनलमा ब्राजिलले चिलीलाई १-० ले हराएको थियो । पेरुले भने पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.