|

काठमाडौं : मनाङको नासों गाउँपालिका–५ का वडाअध्यक्ष छिरिङ ग्याल्पो पुनेलको हृदयघातका कारण निधन भएको छ। 

५० वर्षीय वडाअध्यक्ष पुनेलको सोमबार हृदयघातका कारण निधन भएको हो। नासो गाउँपालिका अध्यक्ष चन्द्र घलेका अनुसार उनको सोमबार बिहान हृदयघातका कारण निधन भएको हो। 

सोमबार बिहान खाना नखाँदै बेंसीसहरस्थित एक होटलमा हृदयघात भएपछि उपचारको लागि उनलाई  जिल्ला अस्पताल लमजुङ लगिएको थियो। उपचारको लागि जिल्ला अस्पताल लगिएको उनलाई अस्पतालले सोमबार बिहान ११: ५५  मृत घोषणा गरेको हो। वडाध्यक्ष पुनेलका आमा, श्रीमती र पाँच छोरा छन्। 

पुनेलको आज स्वयम्भूमा अन्त्येष्टि गरिने गाउँपालिका अध्यक्ष घलेले बताए। उनकाे शव हिजो नै काठमाडौं पठाइएकाे घलेको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.