काठमाडौं : सरकारले १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले असार २१ गतेको निर्णय अनुसार १५ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको हो।
कार्यालयका अनुसार तीन कम्पनीलाई २ वर्ष र अन्य १२ वटा कम्पनीलाई १ वर्षका लागि कालो सूचीमा राखेकाे हाे।
कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा उनीहरुले भाग लिन नसक्ने कार्यालयले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।