|

काठमाडौं : राष्ट्रिय किताबखाना(निजामती)ले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन निजामती कर्मचारीलाई ताकेता गरेको छ। किताबखानाले मंगलबार एक सूचना जारी गर्दै २०७७/७८ को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो।

सम्पत्ति विवरण बहालवाला र चालु आर्थिक वर्षामा सेवा निवृत्त दुवैले बुझाउनुपर्ने किताबखानाले जनाएको छ।

सूचना भनिएको छ‚ ‘सेवा निवृत्त भएका कर्मचारीले समेत आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सम्बन्धित कार्यालय मार्फत किताबखानामा दर्ता गर्नुपर्ने र सम्पत्ति विरण बुझाउने दायित्व सम्बन्धित कर्मचारीमा हुनेछ भन्ने व्यवस्था भएकोले कानूनले तोकेको समय सीमाभित्र सम्पत्ति विवरण बुझाउन सबै निजामती कर्मचारीहरुलाई अनुरोध गरिन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.