|

काठमाडौ :  जर्मनीले नेपालमाथि लगाएको यात्रा प्रतिबन्ध खुला गर्ने भएको छ। कोभिड १९ महामारी र डेल्टा  संक्रमण फैलिए सँगै जर्मनीले नेपालीकाे आगमन निषेध गरेको थियो। 

नेपालका लागि  जर्मनी दूतावासका अनुसार  जर्मनीले नेपाल, भारत, रुस, पोर्चुगल र बेलायतको यात्रा प्रतिबन्ध खुला गर्न लागेको हो। जर्मनीले नेपालसहितका यी पाँच राष्ट्रमा डेल्टा प्लस र डेल्टा स्वरूपको तीब्र सङ्क्रमण फैलिएकोले ‘भाइरस भेरियन्ट क्षेत्रको वर्गीकृत गरेको थियो। आगामी बुधबारबाट यी राष्ट्रका नागरिकले जर्मनीको यात्रा गर्न पाउने भएका छन्।

कोभिड १९ बिरुद्धको पूर्ण खोप लिएकाले भने क्वारेन्टिनमा समेत बस्नु पर्ने छैन्। खोप नलगाएकाको हकमा भने १० दिनसम्म क्वारेन्टिनमा बस्नुपर्नेछ। तर क्वारेन्टिनमा बसिरहँदा पाँचौं दिनभित्रै रिपोर्ट निगेटिभ आए क्वारेन्टिन अन्त्य गर्न व्यवस्था गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.