|

पाल्पा : पाल्पामा बुधबार बिहान टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मत्यु हुनेमा पूर्वखोला गाउँपालिका–५ वीरकोटका २६ वर्षीय सुदीप गैरे रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए।

गैरे टिपर चालक हुन्। चुन ढुंगा बोकेर बुटवलतर्फ जाँदै गरेको लु२ख ८२० नम्बरको टिपर सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–५ चरचरेमा बुधबार बिहान ६ बजे दुर्घटनामा परेको हो।

दुर्घटनामा परी घाइते भएका उनलाई उपचारको लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। टिपर राजमार्गभन्दा ३०० मिटर तल खोलामा खसेको त्वातीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.