एक डोज मात्र लगाए पुग्ने
एक डोज मात्र लगाए पुग्ने
काठमाडौं : नेपालमा अमेरिकामा बनेको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप आउने निश्चित भएको छ।
कोभ्याक्स सुविधामार्फत जोन्सन एण्ड जोन्सनको करिब साढे १५ लाख डोज खोप आउने पक्का भएको छ। खोप आउने निश्चित भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त खोप आयात अनुमति सिफारिस गर्नको लागि औषधि व्यवस्था विभागलाई पत्राचार गरिसकेको बताइएको छ।
मन्त्रालय उच्च स्रोतका अनुसार १५ लाख ३४ हजार ८ सय ५० डोज खोप आउने निश्चित भएको हो। जोन्सनको यो खोप एक डोज मात्रै लगाउँदा हुन्छ। चाइनिज खोप भेरोसेल र इन्डियन कोभिसिल्ड जस्तो दुई डोज लगाइरहनु पर्दैन।
यसअघि अमेरिकी राष्ट्रपति जो वाइडेनले कोरोनाविरुद्धको खोप दिने घोषणा गरेका थिए। सोही घोषणाअनुसार कोभ्याक्स सुविधामार्फत जोन्सन एण्ड जोन्सन खोप आउन लागेको हो। अहिले आएर बल्ल १५ लाख ३४ हजार ८ सय ४० डोज खोप दिन निश्चित भएको हो। हालसम्म नेपालमा भारतको सिरम कम्पनीको कोभिसिल्ड खोप, चीनको भेरोसेल खोप आएको छ।
जोन्सन एण्ड जोन्सन खोप ८८ प्रतिशत प्रभावकारी देखिएको कम्पनीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।