|

स्याङ्जा : प्रहरीले स्याङ्जामा १२ जना जुवाडे र आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेका बाबुलाई पक्राउ गरेको छ।

स्याङ्जाको भीरकोट—२ मा तास खेल्ने १२ जना जुवाडेलाई प्रहरीले पक्राउ परेका हुन्‌। स्थानीय पूर्णबहादुर केसीको घर खेम बहादुर श्रेष्ठले भाडामा लिएर संचालन गर्दै आएको विवेक होटलबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

एक लाख ७६ हजार ४१५ रुपैयाँ नगदसहित तास खेलिरहेका १२ जना पुरुष र २१२ पत्ती तास समेत प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए।

उनीहरूलाई सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरूद्धको कसुर अन्तर्गत जुवा सम्बन्धी कसुर मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

यस्तै, फेदीखोला गाउँपालिकामा ११ वर्षीया छोरीलाई बलात्कार गरेका ४० वर्षीय एक पुरुष समातिएका छन्‌। आफ्नै छोरीलाई जबर्जस्ती गरेको जाहेरी दरखास्त परेपछि निजलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिलाई करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.