|

काभ्रे : काभ्रेको खानीखोला गाउँपालिका–६ स्यार्ते पावरहाउस नजिकबाट खानीखोला नदीमा अचनाक आएको बाढीले बगाएर बेपत्ता बनाएका युवाको शव फेला परेको छ।

ताल्ढुङ्गा प्रहरी चौकीका असई महेश दाहालले बाढीले बगाएर बेपत्ता भएका खानीखोला–२ खोरभञ्ज्याङ्का २८ वर्षीय अनिल वाईबाको शव बिहीबार दिउँसो सिन्धुलीको हरिहरपुर गाउँपालिका–३ स्थित् तामोर र बागमती नदीको दोभान पीपलमाडी घण्टेमा फेला परेको जानकारी दिए।

असई दाहालको अनुसार बुधबार युवा गाउँपालिकाको केन्द्र ताल्ढुंगा जाने क्रममा नदी तर्दै गर्दा बाढीले बगाएर बेपत्ता भएका थिए। उनको शव बाढीले बगाएर बेपत्ता भएका करिब २५ घण्टापछि फेला परेका हुन्।​

​बेपत्ता युवाको शव सिन्धुली पीपलमाडीका प्रहरीले फेला पारेर ताल्ढुंगा प्रहरी चौकीलाई जानकारी दिएका थिए। प्रहरी चौकीलाई सिन्धुलीमा मृत भेटिएका युवाको बारे परिवारलाई जानकारी गराएको थियो। प्रहरी चौकीका असई दाहालले शवको पहिचान भएसँगै युवाका आफन्त उक्त स्थानतर्फ लागेको बताए।

काका बुद्ध तामाङ र खानीखोला–१ का वडा सचिव नवीन कुमार भट्टाराईसँग ज्यालादारी गरे बापतको रकम बुझ्न गाउँपालिकाको केन्द्र ताल्ढुंगा गएका थिए। काका र वडा सचिव नदी हुँदै नजाने भन्दै वैकल्पि बाटो तर्फ गए पनि उनी भने नदी तरेर जाने भन्दै खोलामा पसेका थिए। त्यतिबेला अचान आएको बाढीमा उनी एकै छिनमा बगेर बेपत्ता भएका थिए। उनको खोजीको लागि प्रहरीसहित अन्य अभिभावक, स्थानीयवासी खोजीमा जुटेको थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.