|

काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले कोरोना संक्रमण जोखिम कम भएका ठाउँका विद्यालय सञ्चालन गर्न पाउनुपर्ने सरकारसँग माग राखेको छ।

संक्रमण जोखिम कम भएका ठाउँमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न पाउनुपर्ने प्याब्सनले माग गरेको हो।

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले विस्तारै विद्यालय सञ्चालन गर्न सरकारसँग माग गरेको बताए। उनले भने, ‘पछिल्लो समय कोरोना संक्रमणदर घट्दै गएको छ,त्रिविलगायतको परीक्षा समय तोकिएको छ,त्यसैले संक्रमण जोखिम कम भएको जिल्लामा स्थानीय तहमार्फत विद्यालय सञ्चालन गर्न सरकारसँग माग गरेका हौँ।’ 

वैकल्पिक सिकाइले मात्रै विद्यार्थीले शिक्षा पाउन नसकेकाले पनि विद्यालय सञ्चालन गर्नुपर्ने देखिएको उनको भनाइ छ। उनका अनुसार गत २१ गते शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई भेटेर मागपत्र बुझाएका छन्।

उनले शिक्षक, कर्मचारीलाई तत्काल कोभिडविरुद्धको खोप उपलब्ध गनुपर्ने माग पनि राखेको बताए। ‘सरकारसँग हामीले खोप व्यवस्था गर्न पनि माग गरेका छौँ, कक्षा -१२ को परीक्षा तालिका सार्वजनिक गरी परीक्षा सञ्चालन गर्नुपर्ने वातावरण मिलाउन पनि माग राखेका छौँ,’पुरीले भने।

नेपालमा दोस्रो लहरको नयाँ भेरिन्टसहितको कोरोना संक्रमण फैलिएपछि सरकारले वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञा जारी भएपछि अहिलेसम्म शैक्षिक संस्थाहरू सञ्चालन गर्न रोक लगाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.