|

जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमित संख्या ओरालो लागेको छ। 

प्रदेश नम्बर २ स्वास्थ्य निर्देशनालयका अनुसार अहिले प्रदेशको विभिन्न जिल्लामा सक्रिय संक्रमित संक्रमित संख्या ९ सय ५६ छ।  

स्वास्थ्य निर्देशनालयले कोरोना संक्रमित निको हुने दर नयाँ संक्रमितभन्दा बढी भएकाले कोरोनाका सक्रिय संक्रमित दिनदिनै डिस्चार्ज भएर घर फर्किन थालेका छन्। 

स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाका अनुसार कुनै बेला प्रदेश २ मा सक्रिय संक्रमित संख्या साढे ११ हजार नाघेका थिए। 

आज धनुषामा ४ जना तथा पर्सामा ३ जना नयाँ संक्रमित थप भए पनि प्रदेशभर निको हुनेको संख्या ७१ जना छ। संक्रमित हुनेको संख्यामा कमी हुन थालेपछि संस्थागत आइसोलेसन खाली हुन थालेका छन्। 

सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेसनमा हुनेको संख्यामा व्यापक मात्रामा कमी आएको छ। ८ वटै जिल्लाका आइसोलेसनमा हाल ३६ जना मात्र छन्। होम आइसोलेसनमा अहिले पनि ९ सय ३० जना रहेका छन्। 

जिल्लागत रुपमा कोरोनाका सबैभन्दा बढी सक्रिय संक्रमित महोत्तरी जिल्लामा रहेका देखिएको छ। महोत्तरीको संस्थागत आइसोलेसनमा ५ जना तथा होम आइसोलेसनमा ५ सय १० जना गरेर कुल सक्रिय संक्रमित संख्या ५ सय १५ जना छन्। यसैगरी सप्तरीमा संस्थागत आइसोलेसनमा ४ तथा होम आइसोलेसनमा ९५ गरी कुल सक्रिय संक्रमित संख्या ९९ छ। 

सिरहा जिल्लाको संस्थागत आइसोलेसनमा १ जना होम आइसोलेसनमा ३० जना गरेर कुल सक्रिय संक्रमितको संख्या ३१ जना छन् भने धनुषाको संस्थागत आइसोलेसनमा १० जना तथा होम आइसोलेसनमा ९९ जना गरी १ सय ९ जना छन्।

सर्लाहीको संस्थागत आइसोलेसनमा ५ जना, होम आइसोलेसनमा ३८ जना गरी कुल सक्रिय संक्रमित संख्या ४३ छ। भने रौतहटमा होम आइसोलेसनमा २३ जना रहेका स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।

बाराको संस्थागत आइसोलेसनमा ६ जना तथा होम आइसोलेसनमा १ सय २ जना गरी कुल सक्रिय संक्रमित संख्या १ सय ८ छ भने पर्सामा संस्थागत आइसोलेसनमा ५ तथा होम आइसोलेसनमा २३ छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.