|

काठमाडौं : नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सहकुल थापा एआईजीमा बढुवा भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई एआईजीमा बढुवाको निर्णय गरेको हो। बढुवा समितिको सिफारिसअनुसार डीआईजी थापालाई एआईजीमा बढुवा गरिएको एक मन्त्रीले जानकारी दिए।

सरकारले थापालाई एआईजी बनाउनकै लागि प्रहरीमा एआईजीको एक दरबन्दी थप गरेको थियो। आज बढुवा भएका थापा अब आईजीपीमा विश्वराज पोखरेलको प्रतिष्पर्धि बनेका छन्। 

यस्तै मन्त्रिपरिषद्को बैठकले कृष्णहरि पुस्करलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.