|

काठमाडौं :  चीनबाट सरकारले खरिद गरेको भेरोसेल खोपको पहिलो खेप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज नेपाल आइपुग्ने छ।  

निगमका अनुसार चालकदलका १२ सदस्यसहित बेइजिङ गएको जहाज आज बिहान साढे ६ बजे काठमाडौं अवतरण हुने तालिका छ। पहिलो खेपमा वाइडबडीले ८ लाख डोज खोप ल्याउँदै छ। यो खोप नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको हो।

खोप ल्याउने जिम्मा पाएको निगमले भाडाबापत सरकारसँग प्रतिघन्टा १४ हजार डलर हाराहारीका दरले भाडा लिने छ। निगमको वाइडबडी विमान यसपछि असार ३१ र साउन ७ मा बाकी खोप ल्याउन बेइजिङ जाने तालिका छ। 

चीनबाट ल्याइने भोरोसेल खोपको पहिलो मात्रा (डोज) ५५ वर्षमाथिका नागरिकलाई दिने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्तकालीन कार्य सञ्चालन प्रमुख डा समीरकुमार अधिकारीले चीनबाट ल्याउन लागेको भ्याक्सिन अर्को हप्तादेखि लगाउन शुरु गरिने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.