|

काठमाडौ : नेपाल वायु सेवा निगमका कर्मचारीहरूले आन्दोलित भएका छन्। निगमलाई निजीकरण गरिने निर्णयप्रति आपत्ति जनाउँदै कर्मचारीहरूले प्रदर्शन गरेका छन्। कर्मचारीहरूले निगमलाई निजीकरण गर्ने निणय फिर्ता नहुन्जेल आन्दोलन गरिरहने बताएका छन्।

त्यस्तै ट्रेड युनियनले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिम प्रकाश पौडेलको राजीनामा समेत माग गरेको छ। सरकारको स्वामित्वमा रहेको निगमलाई कौडीको भाउमा बेचेर निजीकरण गर्न कम्पनीको प्रबन्धपत्र र नियमावलीको मस्यौदासमेत तयार पारिसक्दा पनि महाप्रबन्धक पौडेलले सरोकारवालासँग छलफल नगरेको ट्रेड युनियनले आरोप लगाएको हो।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.