|

बैतडी : बैतडीका असार ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ। असार १५ पछि थपिएको निषेधाज्ञा खुकुलो गरिएको छ।  

भारतसंग सीमा जोडिएको जिल्ला भएकोले बैतडीमा कोरोना संक्रमणको जोखिम कायमै रहेको छ।  निषेधाज्ञा खुकुलो भएसँगै सवारी साधन सञ्चालन, बजार क्षेत्र, सरकारी कार्यालय, बैंकका शाखाहरूमा भिडभाड हुन थालेको छ।  

यसका साथै भारत जाने नागरिकको संख्या पनि बढिरहेको छ।  चालु आर्थिक वर्षको अन्त्यतिर रहेकाले विकास निर्माणका काम पनि धमाधम रुपमा चलिरहेका छन्।

शैक्षिक गतिविधिका साथै विभिन्न स्वास्थ्यका शिविरहरू पनि सञ्चालनमा आएका छन्। कोरोना परीक्षणको दायरा पनि बढाइएको छ।  

निषेधाज्ञा खुकुलो भएसँगै जिल्लाभरि सार्वजनिक सवारी तथा निजी भाडाका गाडी स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरि सञ्चालनमा आएका हुन्। सार्वजनिक सवारी तथा निजी भाडाका गाडीमा सिट क्षमताभन्दा आधा यात्रु बोकेर बिहान ७ बजेदेखि साँझ ७ बजे सम्म सञ्चालन गर्न पाइएका छन्। 

सबै कार्यालयहरूले सार्वजनिक सेवा नियमित रुपमा प्रवाह गर्नुपर्नेछ भने सार्वजनिक सेवा प्रवाह गर्दा स्थानीय तहहरूको आलोपालो मिलाई तथा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गर्नुपर्ने आदेशमा उल्लेख गरिएको छ। सबै प्रकारका पसलहरू बिहान ७ देखि साँझ ६ बजे सम्म सञ्चालन हुनेछन्। होटेल तथा रेष्टुराहरूले होमडेलीभरी तथा टेकवे सेवा सञ्चालनमा छन्।

यस्तै सबै प्रकारका सभा, सम्मेलन र गोष्ठीमा लगाएको रोक यथावत् राखिएको छ भने विवाह ब्रतबन्ध जस्ता धार्मिक कार्यमा बढीमा १० जना सहभागी गराएर मात्रै गर्न पाइने प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख गरिएको छ। तर भोज भतेर भने पूर्णरुपमा बन्देज गरिएको छ।

यसका साथै  अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन समेत आग्रह गरिएको छ।  

कोरोना भाइरसको दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि बैतडीका पहिलोपटक वैशाख २० गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो। वैशाख २० देखि सुरु भएको निषेधाज्ञा जेठ २ , जेठ ३ देखि १७ सम्म र जेठ १८ देखि जेठ ३१, असार १ गतेदेखि असार १५ र असार १६ देखि असार ३१ गतेसम्म निषेधाज्ञा थपिएको हो।

कोरोनाकै कारण जिल्लाका हालसम्म १८ जनाको मृत्यु भइसकेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.