|

रुकुम पूर्व : पुथाउत्तरगंगा गाउँपालिका–१० तकमा दिवंगत आमा–बुबाको नाममा खुला मञ्च निर्माण गरिएको छ। पुथाउत्तरगंगा–११ घर भई हाल अमेरिका बस्दै आएका गौँप्रसाद बुढा मगर र बिनाकुमारी बुढा मगरले दिवंग आमा–बुवाको नामममा प्रवेश–रामजी स्मृति खुला मञ्च निर्माण गरेका छन्।

प्रवेश बुढा मगर र रामजी बुढा मगर विनाकुमारीका बुवा–आमा हुन् भने गौँप्रसादका ससुरा–सासु हुन्। स्वर्गीय बुवा–आमाका नामबाटै तकस्थित फुटबल खेल मैदानमा प्रवेश–रामजी स्मृति खुला मञ्च निर्माण गरिएको विनाकुमारीका दाइ भरत बुढा मगरले बताए। बहिनी–ज्वाइँको व्यक्तिगत लगानीमा बुवा–आमाको नाममा समाजको लागि खुला मञ्च तयार गरिएको बुढाले जानकारी दिए। 

तकस्थित फुटबल खेलमैदानमा जुनसुकै आमसभा एवं कार्यक्रम तथा विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुँदा मञ्चका रूपमा प्रयोग गरिने बुढाको भनाइ रहेको छ। ६५ लाख रुपैयाँ लगानीमा २५ फिटको उचाइ, ४२ फिटको लम्बाइ रहेको खुला मञ्चभित्रै दुई शौचालय, दुई रेस्ट कोठासँगै गेराबारसहित गेट निर्माण गरिँदै छ। गत चैत ५ देखि काम सुरु गरिएकोमा अब गेट निर्माणको काम मात्र बाँकी रहेको खुला मञ्च निर्माणका डिजाइनर प्रविन गुरुङले बताए। 

यही महिना भित्र खुला मञ्च तयार गरी गाउँपालिकालाई हस्तान्तरण गरिने गुरुङले जानकारी दिए । जिल्लामै हाल सम्म पनि सरकारको लगानीबाट समेत खुला मञ्च निर्माण गरिएको छैन् । जसका कारणले दुर्गम गाउँमा दिवंगत बुबा÷आमाको नाममा समाजका लागि खुला मञ्च निर्माणले स्थानीयबासीलाई हर्षित बनाएको छ । 

२०७४ सालमा पनि पुथाउत्तरगंगा–११ स्थित उत्तरगंगा आधारभूत विद्यालय उपल्लो सेरामा गाँैप्रसाद बुढा मगरको दिवंगत बुबाको नाममा आरसीसी तीन कोठाको भवन निर्माण गरेका छन् ।    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.