|

काठमाडौं : गत वर्षको माघदेखि नै नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरिएको थियो।  दोस्रो लहर सुरु भएसँगै खोप अभावको कारण अभियान स्थगित भएपछि राष्ट्रपति विद्यादेवि भण्डारीले खोप उपत्पादन गरिएका देशहरुमा खोप आयतका लागि कूटनीति पहल गरेकी थिइन्।

राष्ट्रपति भण्डारीले खोप उपलब्ध गराउन  भारतका राष्ट्रपति रामनाथ कोविन्द, अमेरिकाका राष्ट्रपति जो बाइडेन, रुसी राष्ट्रपति भ्यादिमिर पुटिन र बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई खोप खरिदका लागि सहजीकरण गरिदिन पत्राचार गरेकी थिइन्।

चीनले दियो नेपाललाई १० लाख कोभिड खोप

खोप उपलब्ध गराउनको लागि राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सी जिन पिङबीच फोन संवाद गरिन्। फोन संवादलगत्तै चीनले नेपाललाई थप १० लाख कोभिड खोप उपलब्ध गराउने घोषणा गरेको थियो। बेइजिङले त्यसअघि नै नेपाललाई सहयोग स्वरूपमा आठ लाख खोप उपलब्ध गराएको थियो।

यस्तै, नै राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्दलाई समेत खोप सहायताका लागि पत्र पठाएकी थिइन् तर त्यहाँको सीरम इन्स्टिट्यूट अफ इन्डियामार्फत् खरिद गरेको १० लाख मात्रा खोप त्यसको दोस्रो खेप लगाउन समय लगभग घर्किन लाग्दासमेत उपलब्ध हुन सकेको छैन।

राष्ट्रपति भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई खोप सहायताको आग्रहसहित पत्र पठाएकी थिइन्।

सोहीअनुसार अमेरिकी राष्ट्रपति जो वाइडेनले कोरोनाविरुद्धको खोप दिने घोषणा गरेका थिए। सोही घोषणाअनुसार कोभ्याक्स सुविधामार्फत जोन्सन एण्ड जोन्सन खोप  १५ लाख ३४ हजार ८ सय ५० डोज आउने निश्चित भएको छ।

जोन्सन एण्ड जोन्सनको करिब साढे १५ लाख डोज खोप आउने पक्का भएको छ। खोप आउने निश्चित भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त खोप आयात अनुमति सिफारिस गर्नको लागि औषधि व्यवस्था विभागलाई पत्राचार गरिसकेको बताइएको छ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले पनि हिजो एक ट्विट गर्दै खोप उपलब्ध गराउनेबारे जानकारी दिएका छन्। दूतावासको अफिसियल फेसबुक साइटमा पनि यसबारे जानकारी दिइएको छ।

राजदूत बेरीले लेखेका छन्, ‘नेपाल–अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा यो मेरा लागि अत्यन्त खुशीको क्षण हो। अमेरिका सदैव नेपालीहरुको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरिरहनेछ।’

यस्तै, राष्ट्रपतिले ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीया र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समेत नेपाली नियोगहरुबाट पत्र पठाएकी थिइन्।

तर, हालसम्म चीनबाट मात्रै खोप सहयोग आएको छ। भने त्यसपछि सरकारले ४० लाख डोज खोप खरिद गरेको छ। खरिद गरेको उक्त खोप पहिलो चरणमा ८ लाख डोज आइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.