काठमाडौं : कोपा अमेरिका फुटबलको फाइनलमा आइतबार दक्षिण अमेरिकी प्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिना उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्। ११ वर्षपछि कोपा फाइनलमा ब्राजिल र अर्जेन्टिना भिड्न लागेका हुन्।
'सुपर क्लासिको' को नामले समेत परिचित यो भिडन्त बहुप्रतिक्षित मानिएको छ। विश्व फुटबलका दुई स्टार लियोनेल मेसी र नेयमार बीचको प्रतिस्पर्धाका रूपमा समेत यो प्रतियोगितालाई लिएको छ। विश्वभर अत्याधिक फुटबल समर्थक रहेका यि देशको फाइनल बहुप्रतिक्षित छ।
आइतबार बिहान ५ :४५ मा ब्राजिलको विश्वप्रसिद्ध माराकाना मैदानमा हुने फाइनलमा अर्जेन्टिना लगातार फाइनल पुगेर उपाधि जित्न नसकेको विगत अन्त गर्न चाहन्छ। पछिल्ला तीन प्रतियोगितामा लगातार कोपा फाइनल पुगेको ब्राजिल अघिल्ला दुई संस्करणमा चिलिसँग पराजित हुँदै उपाधिविहीन बनेको थियो।
ब्राजिलसँग पछिल्लो समय खराब इतिहास बनाएको अर्जेन्टिनाले २ पटक भएको फाइनल भिडन्तमा दुवैपटक पराजित भएको छ। २००४ मा पहिलो पटक टाइबेकरमा पराजित भएको अर्जेन्टिना २००७ मा ३-० ले पराजित भएको थियो। ११ वर्षपछि ब्राजिल विरुद्ध अर्जेन्टिनालाई बदलाको अवसर रहने छ।
कोपा अमेरिकामा एकअर्का विरुद्ध प्रतिस्पर्धा गर्न लागेका ब्राजिल र अर्जेन्टिना बिच ३४ औं पटक प्रतिस्पर्धा हुन लागेको छ। ब्राजिलले १० खेलमा जित निकाल्दा अर्जेन्टिनाले १५ खेलमा जित निकालेको छ। बाँकी ८ खेल बराबरी भएका छन्। त्यसो त ब्राजिल घरेलु मैदानमा अहिलेसम्म अपराजित छ। यि दुई बिच आठौं पटक घरेलु मैदानमा प्रतिस्पर्धा हुन लागेको हो। ब्राजिल घरेलु मैदानमा कहिले पनि हारेको छैन्।
विश्व फुटबलमा लगातार मुख्य प्रतियोगितामा दबाबका बाबजुत अर्जेन्टिना अभागी सावित हुँदै आएको छ। अर्जेन्टिना पछिल्ला ६ महत्वपुर्ण फाइनल कोपा अमेरिका २००४, २००७, २०१५, २०१६, कन्फिडिरेसन कप २००५, विश्वकप २०१४ मा पराजित छ। जसमा ब्राजिलसँग २००४, २००७ कोपा तथा कन्फिडिरेसन कप २००५ मा पराजित हुन पुगेको छ।
ब्राजिल कोपा अमेरिकामा ६ खेलमा अर्जेन्टिनासँग हारेको छैन्। ३ खेलमा जित निकाल्दा ३ खेल बराबरी खेलेको छ। उसले पछिल्लो पटक १९९३ मा ३(२ ले अर्जेन्टिनासँग हार ब्यहोरेको थियो। अर्जेन्टिनाले ब्राजिलमा खेलेका पछिल्ला १९ भिडन्तमा केवल १ खेलमा मात्र जित निकालेको छ। जहाँ १४ हार भोग्दा ४ खेल बराबरी गरेको छ। १९९८ मा मारकानामानै भएको मैत्रिपुर्ण खेलमा भने अर्जेन्टिनाले जित निकालेको थियो।
स्टार फुटबलर लियोनेल मेसी र नेमारबिच छैटौं पटक प्रतिस्पर्धा हुन लागेको छ। यसअघि एक अर्का विरुद्ध पाँच पटक प्रतिस्पर्धा गर्दा अर्जेन्टिना ३ पटक विजयी भएको छ भने ब्राजिल २ पटक विजयी भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।