भण्डारण केन्द्र खाली गरिँदै

|

काठमाडौं : भोलि (सोमबार) अमेरिकाबाट १५ लाख डोज जोनसन एन्ड जोनसन खोप नेपाल आइपुग्दै छ। 

यो खोप ५० देखि ५५ वर्ष उमेर समूहका, शिक्षक र वैदेशिक रोजगारीमा जानेहरूलाई दिने सरकारले तयारी गरिएको छ। यसअघि ५५ वर्षभन्दा माथिका यसअघि प्राथमिकतामा परेकालाई खोप दिइने भनिएको छ। 

विगतमा तोकिएको उमेर समूह (छुटेकालाई) प्राथमिकतामा चीनबाट ल्याइएको भेरोसेल खोप दिइने भनिएको थियो। तर यो खोप कसलाई कुन उमेर समूहलाई दिइने भन्ने औपचारिक निर्णय भने भइसकेको छैन। 

तर ५० देखि ५५ वर्ष उमेर समूहकालाई र वैदेशिक रोजगारीमा जाने मुख्य प्राथमिकता हुने सरकारले बताएको छ। यसबारे छलफल भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले बताए।

‘कसलाई दिने भन्ने निर्णय त भएको छैन तर हामीले बनाएको खोप गाइडलाइनअनुसार अब ५० देखि ५५ वर्ष उमेर समूह हो। त्यसपछि केही लक्षित समूहलाई पनि लगाइन्छ होला।'

अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार बिहान नेपाल पुग्ने कार्यतालिका छ।

जोन्सन एण्ड जोन्सन खोपका लागि भण्डारण केन्द्र खाली गरिँदै 

अमेरिकाबाट १५ लाख डोज जोन्सन एण्ड जोन्सन खोप आउने भएपछि स्वास्थ्य सेवा विभाग काठमाडौंमा खोप भण्डारणको तयारीमा जुटेको छ। टेकुस्थित भण्डारण कक्षमा १५/२० लाख डोज खोपको मात्रा‍ मात्रै भण्डारण गर्न सकिने हुँदा विभागले अन्य ठाउँ पनि खोज्दै छ। 

चीनबाट आएका खोपहरू सीधै प्रदेशका आपूर्ति केन्द्रले बनाएको खोप भण्डारण केन्द्रमा पठाउने योजना सरकारले बनाएको छ। विभागले काठमाडौँमा जे एण्ड जे र त्यसपछि चीनबाट आउने थप खोपहरू राख्ने योजनामा छ। 

गत शुक्रबार चीनबाट खरिद गरेर ल्याइएका पहिलो चरणका खोप पनि बागमती र गण्डकी प्रदेशको खोप केन्द्रमा पठाइएको थियो। अहिले टेकुस्थित केन्द्रीय भण्डारण कक्षमा रहेका खोपहरू पनि प्रदेशहरूमा पठाई ठाउँ खालि गर्ने तयारी गरिएको हो। हाल मन्त्रालयले पछिल्लो समय आएका खोपहरू विमानस्थलबाट सीधै प्रदेशमा रहेका भण्डारण कक्षहरूमा पठाउने गरेको छ।

उपत्यका बाहेक पाँचै प्रदेशमा खोप भण्डार केन्द्र छ। प्रदेश २ को पथलैया र लुम्बिनीको नेपालगञ्जमा केन्द्रीयस्तरको भण्डार केन्द्र छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.