|

काठमाडौं : कवि महेशराज खरेलको कविता संग्रह ‘मनको किरण’ सार्वजनिक भएको छ।  भर्चुअल माध्यमबाट संग्रह सार्वजनिक भएको हो।

प्रकाशकका तर्फबाट कौशल्या रिसालले अनुभवले खारिएका परिपक्व कवि खरेलका कविताको पाण्डुलिपि हेर्दा यी कविताहरू प्रकाशनयोग्य लागेरै प्रकाशन गरिएको धारणा राखिन्।

प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रासद उप्रेतीले हाम्रा हरेक कर्म समाजका लागि रहेको बताए। उनले जीवनलाई अनुभूत गर्ने अनेकौँ तरिकामध्ये एउटा सिर्जनाको क्षेत्र रहेको बताए। नेपाली साहित्यको प्रवर्धनमा लागेको साहित्यका लागि कृति आउनु अनुकरणीय रहेको बताए।

कृतिबारे टिप्पणी गर्दै प्राज्ञ डा. गीता त्रिपाठीले मुक्त लयका बाउन्न ओटा कविता र एक सय ओटा मुक्तक संग्रहित यस संग्रहलाई नियाल्दा कवि चेतननशील स्रष्टाका रूपमा चिनिएको बताइन्।

साहित्य सुधा नेपालका संरक्षक प्राज्ञ डा.देवी नेपालले लोकार्पित कविता संग्रहका कवि परिपक्वतापछिको जिम्मेवारी बोधका साथ आएका, यस्ता कविको कृतिमाथि परिचर्चा गर्ने अवसर साहित्य सुधा नेपालले प्राप्त गरेको, साहित्य सुधा नेपाल नेपाली साहित्यलाई विश्वव्यापीकरण गर्ने अभियानमा रहेको, यो कविता संग्रहका प्रकाशक, स्रष्टाका परिवार धन्यवादका पात्र रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.