|
फाइल फोटो

काठमाडौ :  नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दै छ। कार्यदलको बैठक सकिएपछि स्थायी कमिटीको बैठक बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

आजको स्थायी कमिटी बैठकमा एमालेको माधव नेपाल समूह पनि सहभागी हुने उनले जानकारी दिए।  बैठक ४ बजे बालुवाटारमा बस्न लागेको हो।

एमालेमा देखिएको समस्या समाधानका लागि गठित एकता कार्यदलको बैठक सिंहदरबारमा जारी छ। दुवै पक्षका कार्यदलहरूले आजको बैठकले सुखद् समाचार दिन सक्ने प्रतिक्रिया दिएका छन्।

एमालेको विवाद समाधान कार्यदलले गरेको सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो। एमालेको माधव नेपाल समूहको माग र संस्थापनको अडानका बीच जेठ २ अघि फर्किने  गरेर सहमतिमा पुगेको छ। 

सहमतिले एमालेले माओवादीसँग एकता हुँदा मनोनयन गरेका केन्द्रीय र स्थायी कमिटी सदस्य एवं नेकपा विघटन भएसँगै माओवादीबाट आएका नेताहरूको व्यवस्थापनका विषयमा समेत सहमत भएको छ। 

योसँगै फागुन २३ पछि एमालेको बैठक बहिष्कार गर्दै आएको माधवकुमार नेपाल समूहका नेता पाँच महिनापछि पार्टीको बैठकमा सहभागी हुने भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.