|

गुल्मी : धुर्कोट गाउँपालिका पहिलो खरको छानामुक्त गाउँपालिका घोषण भएको छ। गाउँपालिकाभित्र रहेका एक हजार २४५ घरधुरीमा जस्तापाता लगाई खरका छानामुक्त गाउँपालिका घोषण गरिएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए।

योसँगै गुल्मीको धुर्कोट पहिलो खरका छानामुक्त गाउँपालिका घोषण भएको छ। खरका छानामुक्त गाउँपालिका घोषण भएसँगै आगलागीका घटनामा कमी आउने र मनसुनजन्य क्षतिबाट बच्न सकिने गाउँपालिकाका अध्यक्ष पोखरेलले बताए।

नागरिक सुरक्षित आवासअन्तर्गत १५७ घरधुरी, जनता आवासअन्तर्गत ३७, एकीकृत नमुना बस्तीअन्तर्गत १८, भूकम्पपछि गरिएको पुननिर्माणका ५३९ र जस्तापाता वितरणअन्तर्गत ५०४ गरी कुल एक हजार २४५ घरधुरी रहेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकालाई खरका छानामुक्त गाउँपालिका घोषण गर्नका लागि कुल १९ करोड २९ लाख ९४ हजार ११९ रुपैयाँ लगानी भएको गाउँपालिकाले जनाएको छ। यसअघि मालिका गाउँपालिका(६ अर्जैलाई २०७७ कात्तिकमा तत्कालीन श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं गुल्मी क्षेत्र नम्वर २ का सांसद गोकर्ण विष्टले खरका छानामुक्त वडा घोषण गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.