|

जनकपुरधाम : महोत्तरीस्थित नेपाली सेनाको ब्यारेकमा एक सैनिक जवानले आत्माहत्या गरेका छन्। प्रकौलीस्थित रणभिम गणमा कार्यरत रामेछापको लिखु गाउँपालिका–५ का २३ वर्षीय अमिर तामाङले आफैंले गोली हानी आत्माहत्या गरेको प्रहरीले बताएको छ।

तामाङले आफूले बोकेको ५.५ मिनी इन्सास हतियारबाट आफ्नो दाया कन्चटमा गोली हानेको प्रहरीले जनाएको छ। तामाङले किन आत्माहत्या गरे भन्ने अहिलेसम्म नखुलेको बताइएको छ। 

घटना स्थलमा प्रहरी टोलीले प्रकृति मुचुल्का उठाइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी प्रकाश विष्टले जनाएको छ। घटनाबारे अनुसन्धान थालिएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.