|

काठमाडौं : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारीनिवास बालुवाटार छाडेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री ओली सरकारीनिवास बालुवाटार छाडेर आफ्नो निजी निवास बालकोटतर्फ लागेका हुन्। 

बालुवाटारबाट बालकोट जानेक्रममा पानी झरी नभनी एमालेका नेता कार्यकर्ता तथा समर्थकहरूले ओलीको समर्थनमा नाराबाजी गर्दै स्कर्टिङसमेत गरेका थिए।

देउवालाई संविधानको धारा ७६ (५) अनुसार राष्ट्रपतिले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन्। 

सर्वोच्च अदालतले सोमबार संसद्‌ पुनःस्थापना आदेश र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। 

ओली बाहिरिएसँगै अब प्रधानमन्त्री देउवाले बालुवाटार प्रवेश गर्ने तयारी गरिरहेका छन्। मंगलबार शपथसँगै पदभार ग्रहण गरिसकेका देउवा साइत हेराएर बालुवाटार प्रवेश गर्ने तयारी भइरहेको छ। ​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.