|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई ज्ञापन गरेका छन्। प्रधानमन्त्री देउवा निवास बूढानीलकण्ठ पुगेर बधाई तथा शुभकामना दिएको मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले दुई देशबीचको युगौँ पुरानो मैत्रिपूर्ण सम्बन्धको सम्झना गर्दै बधाईका लागि धन्यवाद दिए।

नेपालका लागि अमेरिकी राजदूत रेण्डिबेरीले हिजै बधाई तथा शुभकामना दिंदै देउवाको कार्यकालमा नेपाल अमेरिका बीच ७ दशक अघिदेखिको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका थिए।

कांग्रेस संसदीय दलका नेता देउवाले मङ्गलबार प्रधानमन्त्रीमा नियुक्त भई पद तथा गोपनीयताको शपथपछि कार्यभार सम्हालेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.