|

काठमाडौं : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर आफ्नो निजीनिवास भक्तपुरस्थित बालकोट सरेका छन्।

बुधबार निवर्तमान प्रधानमन्त्री ओलीले सरकारी निवास छाडेका छन्। सोमबार सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि परमादेश जारी गरेसँगै राष्ट्रपतिले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।

देउवा प्रधानमन्त्रीको शपथग्रहण गरी आफ्नै निजीनिवास बूढानीलकण्ठ गएका थिए। ओलीले सरकारी निवास छाडेसँगै देउवाको लागि सरकारी निवास बालुवाटारमा आउन बाटो खुलेको छ।

बालुवाटार छाड्दै गर्दा ओलीको समर्थकहरुको भीड लागेको थियो। मंगलबार नै एमाले नेताहरुले हजारौँ मोटर साइकल र गाडीका साथमा ओलीलाई स्कर्टिङ गरी बालकोट पुर्‍याउने उद्घोष गरेका थिए। सयौँको संख्यामा एमालेका नेता, कार्यकर्ता ओलीलाई स्वागत गर्नका लागि सरकारी निवास बालुवाटारदेखि निजीनिवास आसपास बालकोटमा पनि लामबद्ध भएका थिए।

युवा तथा विद्यार्थीहरु र पार्टी कार्यकर्ताहरु केपी शर्मा ओलीको नाम अंकित पोष्टर, पार्टीको झण्डा र बाजागाजासहित उपस्थित भएका थिए भने बालुवाटारदेखि बालकोटसम्म ओलीको अघि र पछि लामबद्ध भएर गएका थिए।

बालकोटमा ओलीलाई स्वागत गर्न समर्थक तथा शुभेच्छुक र स्थानीयहरुको घुइँचो लागेको थियो। स्थानीयले उनलाई पुष्पगुच्छा प्रदान गरेका थिए। पत्नी राधिका शाक्यसहित नीजि निवास पुगेका हुन्।

ओलीले समर्थक तथा शुभेच्छुकहरुलाई बरण्डाबाट अभिवादन गर्दै सम्बोधन समेत गरेका थिए। त्यसक्रममा ओलीले आफ्नै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र सर्वोच्च अदालतको निर्णय प्रति आक्रोश व्यक्त गरे। त्यसक्रममा उनले नेता नेपाललाई आत्मालोचना गरेर समेत पार्टीमा फर्कने छुट अब बाँकी नरहेको बताए।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.