प्रहरीसँगको झडपमा दुई जना घाइते
प्रहरीसँगको झडपमा दुई जना घाइते
काठमाडाैं : बालुवाटार जग्गा काण्डमा उन्मुक्ति पाएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई विशेष अदालतले रिहा गरेको भन्दै नेकपा एमाले अध्यक्ष केपी ओलीसमर्थित युवाले प्रदर्शन गरेका छन्।
प्रदर्शनका क्रममा प्रहरीसँग विद्यार्थीको झडपसमेत भएको छ। नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि साँझ साढे ६ बजे भएको प्रदर्शनमा भएको धरपकडमा दुई जना विद्यार्थी पनि घाइते भएका छन्।
प्रदर्शनकारीले गच्छदारको पुत्ला जलाउनुको साथै त्यसमा जुत्ताको माला लगाएका थिए।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै गच्छदारले विशेष अदालतमा आत्मसमर्पण गरेका थिए। उनलाई अदालतले १० लाख रुपैयाँ धराैटीमा छाडेको थियो।
ओलीनिकट युवा संघले आलमलाई पनि सरकारले रिहा गर्न सक्छ भन्दै विरोध प्रदर्शन गरेका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।