|

सुर्खेत : पछिल्लो तीन वर्षको अवधिमा कर्णालीबाट एक हजार ९०२ जना महिला तथा बालबालिका हराएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार हराएकामध्ये ८६४ जना बालबालिको अवस्था अझै अज्ञात छ। बाँकीलाई भने सुरक्षा निकाय र सामाजिक संघसंस्थाको समन्वयमा उद्धार गरिएको छ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा ७९० जना महिला तथा बालबालिका हराएका छन्। हराउनेमध्ये ४१६ जना महिला, १७३ जना बालक र २०१ जना बालिका छन्। तीमध्ये सुर्खेतबाट २९१, दैलेखबाट १३७, जाजरकोटबाट ७७, रुकुमपश्चिमबाट ९६, सल्यानबाट ५५ जना हराएका छन्। त्यस्तै, जुम्लाबाट ५०, हुम्लाबाट २१, डोल्पाबाट १० र मुगुबाट २० जना महिला तथा बालबालिका हराएका हुन्। सोही वर्ष विभिन्न समयमा हराएकामध्ये ५६४ जना भेटिएका छन्।

त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा कर्णाली प्रदेशभर ५९५ जना महिला तथा बालबालिका हराएका छन्। तीमध्ये पनि ३०८ महिला, १२२ जना बालक र १३७ जना बालिका छन्। जसमध्ये सुर्खेतबाट ३०२, दैलेखबाट १०९, जाजरकोटबाट ३९, रुकुमपश्चिमबाट ३४ र सल्यानबाट ४४ जना हराएका छन्। त्यस्तै, जुम्लाबाट २३, डोल्पाबाट चार, मुगुबाट तीन र कालिकोटबाट १८ जना महिला तथा बालबालिका हराएको प्रहरीले जनाएको छ। हराएकामध्ये ८२ जना महिला, ५८ जना बालक र ६१ जना बालिका भेटिएका छन्।

चालु आर्थिक वर्ष २०७७/७८ मा ५१७ जना महिला तथा बालबालिका हराएका छन्। हराएकामध्ये महिला २९२ जना महिला, ८५ बालक जना र एकसय ४० जना बालिका छन्। जसमध्ये सुर्खेतबाट २५०, दैलेखबाट १२४, जाजरकोट २६, रुकुमपश्चिमबाट १८ र सल्यानबाट ४५ जना हराएको हुन्।

त्यस्तै, जुम्लाबाट २१ जना, डोल्पाबाट नौ जना, हुम्लाबाट सात जना, मुगुबाट पाँच जना र कालिकोटबाट आठ जना गरी कुल २८२ जना महिला तथा बालबालिका हराएका छन्। तीमध्ये १३३ जना महिला, ४४ जना बालक र ६४ जना बालिका भेटिएका छन् ।

पछिल्लो तीन वर्षमा हराएका एक हजार ९०२ जना सुर्खेतका ४२२ जनाको अवस्था अज्ञात छ। त्यस्तै, दैलेखका १९१, जाजरकोटका ७२, रुकुमपश्चिमा ७६ र सल्यानका ४१ जनाको अवस्था पनि अज्ञात छ। जुम्लाका ३६, हुम्लाका १६, डोल्पाका पाँच, कालिकोटका २३ र मुगुका १२ जनाको अवस्था पनि यकिन छैन। अध्ययन, रोजगारी र सुख सुविधाको प्रलोभनमा परेर कारण महिला तथा बालबालिकाहरु हराउने गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता अर्जुन चन्दले बताए।

तस्कारले विभिन्न प्रलोभनमा परेर महिला तथा बालबालिकाहरु भारत तथा विभिन्न शहरमा पु¥याउने गरेको प्रहरी बताउँछन्। तस्करले दुर्गम क्षेत्रका बालबालिकालाई राम्रो शिक्षा, दिक्षा दिने नाममा अभिभावककै सहमतिमा विभिन्न शहरमा पु¥याउँदै आएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.