|

काभ्रे : चौरीदेउराली गाउँपालिकाले सहिद तथा बेपत्ता व्यक्तिका परिवारलाई मासिक दुई हजार रुपैयाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेट पारित गर्दै उक्त निर्णय गरिएको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले जनाकारी दिए।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि १० वर्षे जनयुद्ध तथा जनआन्दोलनका क्रममा सहिद भएका तथा वेपत्ता पारिएकाहरुको जीवन निर्वाह भत्ता स्वरुप सहयोग उपलब्ध गराइने गौतमले बताए।

आगामी वर्षको लागि ५२ करोड ११ लाख २६ हजार रुपैयाँको बजेट ल्याएको गाउँपालिकाले सामाजिक विकास र पूर्वाधारलाई प्राथमिकता दिएको छन्। त्यस्तै प्रत्येक वडाका टोलटोलमा रहेका सडकहरुलाई स्तरोन्नति गर्ने र वर्षैभरि यातायात सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिइने समेत नीति तथा कार्यक्रम उल्लेख गरिएको गाउँपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.