|

संखुवासभा : खाँदबारी नगरपालिका–८ मा गाई काटेको अभियोगमा दुईजना पक्राउ परेका छन्। प्रहरीले भारतको सिलिगुडी घर भई हाल खाँदबारी–८ बस्ने २७ वर्षीय अम्बर तामाङ र सोही ठाउँका १८ वर्षीय डम्बर विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए।

उनीहरुलाई शुक्रबार दिउँसो खाँदबारी–८ भोटबारीबाट पक्राउ गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए। गाई काटेको भन्ने खबर पाउनसाथ खटिएको प्रहरी टोलीले भोटबारीबाट पक्राउ गरेको उनले बताए। 

प्रहरीले तामाङको घरबाट ३०० मिटर पूर्वमा रहेको खोला किनारबाट गाई काटिरेहको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ। अन्य दुईजना फरार रहेकाले खोजी गरिरहेको प्रहरी निरीक्षक अधिकारीले बताए।

पक्राउ परेकामाथि गौवधसम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ। गौवधसम्बन्धी मुद्दामा तीन वर्षसम्म कैद हुन कानुनी ब्यवस्था रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.