|

बर्दिया : जिल्लाको बारबर्दिया नगरपालिकाले बारबर्दिया गौरव नामक स्थानीय पाठ्यक्रम तयार पारेको छ। स्थानीय विषय समेटेर पाठ्यक्रम निर्माण गरि सार्वजनिक गरेको पालिकाले जनाएको छ। नगरपालिकाले आधारभूत तह कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुलाई आफ्नो पालिकामा भएको पुरातात्विक विषयको जानकारी दिने उद्देश्यले पाठ्यक्रम तयार गरेको हो।

पाठ्यक्रममा ८ विषयसूची निर्माण गरेर अध्यापन गराइने बारबर्दिया नगरपालिका शिक्षा शाखाले जनाएको छ। यस पाठ्यक्रम निर्माण गर्नुको मुख्य उद्देश्य स्थानीय विषयवस्तु र आवश्यकता पहिचान गरी स्थानीय सहभागिता र विज्ञताको संलग्नतामा पाठ्यक्रम विकास गर्ने नगर शिक्षा प्रमुख टीकानाथ गोसाईंले जानकारी दिए।

यो पाठ्यक्रमबाट कक्षा १ देखि ८ सम्मका बालवालिकामा ठाकुरबाबा नगरपालिकाभित्रका सामाजिक, भौगोलिक, सास्कृतिक वैशिष्ट्यको पहिचान र सम्मान भावको विकास गर्न, यस क्षेत्रका ऐतिहासिक र प्राकृतिक सम्पदाहरुको संरक्षण, प्रवर्धन र विकासमा सहभागिता, स्वास्थ्य, प्रकृतिक विपत्तिप्रति सचेत रहने सक्षमताको विकास हुने उद्देश्य लिइएको छ।

पाठ्यक्रमबाट बालबालिकामा हरित, स्वस्थ, सफा, शान्त र सुरक्षित विद्यालयको विकासमा जिम्मेवारपूर्ण आचरणको विकास हुने लक्ष्य लिइएको छ। स्थानीय पाठ्यक्रममा स्थानीय भूगोल र समाज, स्थानीय संस्कृती र प्रविधि, यहाँका महत्वपूर्ण सम्पदाहरू, विद्यालय र वातावरण, हामी र हाम्रो स्वास्थ्यका साथै स्थानीय सरकार र सामाजिक संस्थाका विविध विषय बस्तुहरु समेटिएको छ।

शिक्षा प्रमुख गोसाईंले विद्यार्थीहरूलाई स्थानीय ज्ञान, सिपका बारेमा जानकारी दिई श्रमको सम्मान गर्ने भावनाको विकासको साथै स्थानीय पेशा, व्यवसाय, प्रविधि, मूल्यमान्यताका साथै वातावरण संरक्षण तथा प्रवर्द्धन गर्ने रहेको बताए।

बारबर्दिया नगरपालिका प्रमुख दुर्गा बहादुर थारू (कविर) ले पाठ्यक्रम कार्यान्वयनले विविध पक्षका बारेमा विद्यार्थीहरुलाई जानकारी दिई उनीहरुमा ज्ञान, सीप, अभिवृत्ति गराई कार्य गर्न सक्ने तत्परताको विकास गर्ने लक्ष्य लिईएको बताए। यसै शैषिक सत्रबाट बारबर्दियाका ५४ वटा संस्थागत र सामुदायिक विद्यालयमा पाठ्यक्रम लागू गरिने पनि उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.