|
फाइल फोटो

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ।

नेता नेपाल निवास कोटेश्वरमा प्रचण्ड र नेता नेपालबीच भेटवार्ता भएको हो। 

प्रचण्ड र नेपालबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको नेपाल निकट स्रोतले बताएको छ। 

नेता नेपालकै निर्णायक भूमिकाबाट एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमन भएको छ। प्रचण्ड र प्रधानमन्त्री देउवा नेपाल समूहलाई सरकारमा लैजाने तयारीमा छन्। 

भोलिबाट पुनर्स्थापित संसदको बैठक बस्ने भएकाले त्यहाँ प्रस्तुत हुने रणनीतिबारे पनि दुई नेताबीच कुराकानी भएको छ। साथै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने विषयमा  पनि छलफल भएको बुझिएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.