|

काठमाडौं : भोलि बस्न लागेको संसद् बैठकलाई लक्षित गरेर सांसदसहित ८ सय एक जनामा कोरोनाको एन्टिजेन परीक्षण गरिएको छ। एन्टिजेन परीक्षण गरिएकामध्ये तीन कर्मचारीमा मात्रै कोरोना पोजेटिभ देखिएको हो। 

भोलिदेखि सुरु हुने संघीय संसदको अधिवेशनको तयारीका क्रममा सभामुख, सांसदहरु, संसद सचिवालयका कर्मचारी, स्वकीय सचिवालय, मर्यादापालक, पत्रकारहरूको परीक्षण गरिएको थियो। पोजेटिभ आएका तीन कर्मचारीलाई पिसिआर गर्न पठाइएको छ। 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.