|

 जनकपुरधाम :  प्रदेश २ सरकारको मन्त्रीमण्डलमा नेकपा माओवादी केन्द्र सहभागी भएकाे छ। मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारमा आजदेखि नेकपा माओवादी केन्द्र पनि सहभागी भएको हो।

मुख्यमन्त्री राउतले माओवादी केन्द्रका भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुबि कर्णलाई राज्यमन्त्री नियुक्त गरेका हुन्। आज शनिबार मधेस भवनमा आयोजित कार्यक्रममा मन्त्री साहले प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ र राज्यमन्त्री कर्णले मुख्यमन्त्री राउत समक्ष पद तथा गोपनियताको शपथ लिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.