|

काठमाडौं :  हास्य कलाकार पल्पसा डंगोलको दुवै मिर्गौला फेल भएको छ। दुवै मिर्गौला फेल भएर हाल उनी टिचिङ अस्पताल महाराजगञ्जमा उपचाररत छिन्।

एक महिनाअगाडि स्वास्थ्य खराब भएपछि पल्पसा टिचिङ अस्पताल भर्ना भएकी थिइन्। पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको कलाकार दिपाश्री निरौलाले जानकारी दिइन्। तर छोरीहरुले थाहा नपाऊन् भनेर आफ्नो रोग लुकाउँदै आएकी थिइन्।

अस्पतालमा डाइलसीस चलिरहँदा केही दिनदेखि पल्पसाको स्वास्थ्यमा समस्या आएको चिकित्सकले बताएका छन्। पछिल्लोपटक गरिएको डाइलसीसका क्रममा समस्या आएकाले डाक्टरले चाँडोभन्दा चाँडो मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका छन्।

स्वास्थ्य गम्भीर भएपछि आत्तिएकी पल्पसाले कलाकार सुरवीर पण्डितमार्फत केही साथीहरुलाई खबर गर्न लगाएकी थिइन्।

पल्पसा केही वर्षअघि नै श्रीमानसँग अलग भएर दुई छोरीहरुसँग बस्दै आएकी छन्। कलाकारिता गरेर नै उनले आफ्ना दुई छोरीहरुको पालनपोषण र शिक्षादिक्षाको जिम्मेवारी वहन गर्दै आएकी थिइन्। 

चम्सुरी  नामले परिचित पल्पसा अभिनयमा सक्रिय नै रहेकी  थिइन्। उनले हास्य टेलिश्रृंखला मेरीबास्सैमा सुरुदेखि नै अभिनय गर्दै आएकी छिन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.