|

सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका-७, सानो सिरुबारीमा रहेको श्री सिद्धिगणेश माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षकहरूलाई ल्यापटप हस्तान्तरण गरिएको छ।

नमूना विद्यालय विकास कार्यक्रम अन्तरगत दोस्रो वर्ष बागमती प्रदेश सरकारले विद्यालयलाई १६ लाख ९१ हजार ४५ रुपैयाँ बजेट विनियोजन गरको थियो। 

विद्यालयमा अध्यापन गराउने सम्पूर्ण २८ जना शिक्षकहरूलाई एक–एक थान ल्यापटप हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक राजकुमार यादवले बताए। 

आइतबार एक कार्यक्रमबीच बागमती प्रदेश सरकारका निवर्तमान सामाजिक विकासमन्त्री युवराज दुलाल 'शरद'ले शिक्षकहरूलाई ल्यापटप हस्तान्तरण गरे। 

ल्यापटप वितरण गर्दै निवर्तमान मन्त्री दुलालले ल्यापटपको सही सदुपयोग गरेर विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिए। 

आफ्नै नेतृत्वमा रहेको सामाजिक विकास मन्त्रालयले अघि सारेको नमूना विद्यालय विकास कार्यक्रम सफल भएकोमा आफु खुसी भएको पनि उनले बताए। 

विद्यालय सम्पूर्ण कुराले पूर्ण भइसकेको हुँदा अब शैक्षिक अवस्था सुधारमात्रै बाँकी रहेको वडाध्यक्ष उमाप्रसाद दुलालले बताए।

प्रदेश सरकारले छनोट गरेका २० वटा नमूना विद्यालयहरूमा पर्न सफल यस विद्यालयका शिक्षकहरूलाई सरकारको आर्थिक सहयोगमा ल्यापटप वितरण गरिएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मुक्ति दुलालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.