|

तनहुँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य गगन थापाले निवर्तमान प्रधानमन्त्री केपी ओलीले दुई तिहाईको बहुमतको सरकारले घर सम्हाल्न नसकेको आरोप लगाएका छन्।

ओलीले पाएको जिम्मेवारी सम्हाल्न नसकेर जनताको मागअनुरुप नयाँ सरकार बनेको बताएका छन्। नेपाल महिला संघ व्यास नगर समितिद्वारा आयोजित नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महिलाको भूमिका, चुनौती र अवसर विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सो बताएका हुन्।

ओली सरकारले धेरै जनतालाई झुक्याएर मत लिएकाले अहिले बालुटारबाट निकालिएको युवा नेता थापाले बताए। नेकपा एमालेको कम्युनिष्टले सम्हाल्न नसकेकाले अहिले कांग्रेसको काँधमा जिम्मेवारी आएको उनको भनाई छ। ‘केपी ओलीको कम्युनिष्ट पार्टीले भनिरहेको छ भने यो सरकार चै परमादेशबाट बनेको सरकार हो, हामी चै जनादेशबाट आएको हो,’ पूर्वमन्त्री समेत रहेका थापाले भने, ‘परमादेशबाट आएको केपीको कम्युनिष्ट सरकार हो तर कांग्रेसले पाएको दायित्व जनादेश हो।’

कांग्रेसले एमालेको पार्टी फुटाउन लागेको भन्दै प्रचार गर्ने कार्य गरी तमासा देखाएको उनले आरोप लगाए। जनतालाई देखाएको सपना पूरा गर्न नसक्दा बालुवाटारबाट नेकपा एमाले अध्यक्ष ओलीलाई बालकोटको बारदलीसम्म पुर्‍याएको उनले बताए। उनले बालकोटको बारदलीमा बसेर गर्जनुपर्ने अवस्थामा पुग्नु घरको सुरक्षा गर्न नसक्दाको परिणाम भएको बताए।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वास मत प्राप्त गर्नेसमेत उनको विश्वास छ। ‘५ वर्षका लागि कांग्रेस प्रतिपक्षमा बसेर कम्युनिष्ट सरकारको क्रियाकलाप तथा गतिविधि हेरिहेको थियो, तर जनताले दिएको म्याण्डेडसमेत पुरा गर्न नसकेर अल्पमतमा परेपछि परमादेशको सरकार भन्दै झ्याली पिट्दै बालकोटको बारदलीबाट गर्छन्, कांग्रेसलाई जनादेशबाट आएको दायित्व पूरा गर्न प्रतिवद्ध छ,’ केन्द्रिय सदस्य थापाले भने।

राज्यको स्रोतको दुरुपयोग गरेको सर्वोच्चले हेर्न नसकेर जनादेशको पक्षमा निर्णय गर्नु उचित भएको बताउँदै उनले कांग्रेसलाई पनि अबको यात्रा सहज नभएको बताए। उनले भने, ‘कांग्रेसले बहुमत पाएपनि पछिल्लो यात्रा चुनौतीपूर्ण रहेको बताए। कम्युनिष्ट सरकारले गरेका गल्तीलाई हामीले सुधार गर्दै कांग्रेसले पाएको दायित्वलाई अवसरका रुपमा सही तबरबाट अगाडि बढ्नुपर्छ।’

फरक प्रसंगमा उनले नेपाली कांग्रेसको १४ औं महाधिवेशन तोकिएकै समय हुने विश्वास समेत उनले दिलाए। कोभिड १९को संक्रमणको जोखिममा पनि तोकिएकै समयमा महाधिवेशन गर्ने तयारी तीव्र रहेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.