|

काठमाडौं : पछिल्लो समय देशभर थप एक हजार ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ९ हजार ६ सय २८ जनामा कोरोना परीक्षण गरिएको थियो।

२४ घण्टाभित्रमा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार पाँच सय ५० पुगेको मन्त्रालयले जनाएको छ।

एक हजार ६ सय ६७ जना कोरोनामुक्त भएका छन्। काठमाडौंमा दुई सय ३४,भक्तपुरमा ३६ र ललितपुरमा ६४ गरी उपत्यकाभित्र कूल तीन सय ३४ जनामा संक्रमण पुष्टि भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.