|

काठमाडौं : प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। आजै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने सुचना दिएकाले दोस्रो बैठक बस्ने सुचना सभामुख अग्निप्रसाद सापकोटाले दिएका हुन्। 

संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो चार बजे बोलाइएको बैठक करिब आधा घण्टा ढिला गरी सुरु भएको थियो। करिब एक घण्टा बसेर स्थगित भएको हो। 

बैठकको सुरुमा सभामुख सापकोटाले अधिवेशन आव्हानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए। त्यसपछि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गरेका थिए। त्यस्तै मृत्यु भएका सांसदको शोक प्रस्तावसमेत पारित गरिएको छ । 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.