|

बैतडी : सवारी दुर्घटनामा बैतडीमा गत आर्थिक वर्षमा ३४ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न राजमार्ग र ग्रामिण कच्ची सडकमा भएका सवारी दुर्घटनामा परी एक वर्षमा ३४ जनाले ज्यान गुमाएका हुन्।

१४ वटा सवारी दुर्घटनामध्ये ११ वटा कच्ची सडकमा भएका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। उनले भने, ‘ग्रामीण कच्ची सडकहरू गुणस्तरीय नहुनु, मोडहरूमा समस्या हुनु, अनुभवी चालक नहुनु लगायत कारणले सवारी दुर्घटना बढ्दै गएको देखिन्छ।’

गत आर्थिक वर्षको कार्तिक महिनामा ३, पौष महिनामा ५, माघ महिना १, वैशाख र असार महिनामा बैतडीमा २/२ वटा सवारी दुर्घटना भएका छन्। ती सवारी दुर्घटनामा परेर ७८ जना घाइते भएका छन्। 

यस्तै, ग्रामीण कच्ची सडकहरूमा ट्राफिक नियम पालना नहुनुले पनि सवारी दुर्घटना बढ्दै गएका छन्। 

ग्रामीण कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण पनि सडक दुर्घटना बढ्दै गएका स्थानीयको भनाइ छ। सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न प्रयासहरू भएपनि सडक दुर्घटनामा भने कमी आउन सकेको छैन।

प्रहरीले दुर्घटना न्यूनीकरण गर्न चालक र सहचालकहरूका लागि विभिन्न कक्षाहरू समेत सञ्चालन गर्दै आएको छ। दुर्घटना न्यूनीकरण गर्न प्रहरीले चेकजाँचमा पनि कडाइ गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.