|

मान्छे नाउँ गरेको यो जनावरको दिन उसलाई बनाउने ठानिने बढ्ता ब्रह्मा भनिने अदृश्य प्रभुसँग उसको ज्यान किन फलामको जस्तो बलियो नबनाइदिएको होला भनेर गुनासो नगरी कहिल्यै बित्दैन।

कहिले यता दुख्‍ने कहिले उता, कहिले अलिक तातो कहिले अलिक चिसो, कहिले अलिक सारो कहिले अलिक गिलो त कहिले पीप कहिले रगत र कहिले पानी बग्ने।

कहिले सामान्यत नदेखिने शरीरको भित्री आँत। रक्त मज्जावा मांसपेसी र हड्डीदेखिको पीडा भने कहिले बाहिरै देखिने शरीरको सतहबाटै हुने घाउ–चोट, दु:ख बिमार इत्यादि। तर, सम्पूर्ण सञ्च भएको चाँहि कहिल्यै नहुने कस्तो कच्चा बनाइदिएको होला मान्छेलाई उनले।

मान्छेलाई त भौतिक शरीरको सन्चो बिसन्चो मात्र नभएर सायद त्योभन्दा अझ बढी चाँहि मनको अर्थात् आध्यात्मिक पनि भनिने आत्मिक बिसन्चो। असजिलो वा ताप र पीडालाई लिएर बढी दुखित हुने र बढी गुनासो गरिरहने गरेको पाइएको छ।

त्यसैले त शारीरिक पीडाको उपचार गराउने अस्पताल–चिकित्सकभन्दा कहीँ धेरै ज्यादा मानसिक वा आत्मिक पीडा र गुनासोको उपचार गर्ने व्यवस्था चाँहि देख्‍न पाइन्छ समाजमा।

डाक्टर–वैद्य खासगरी मनोचिकित्सकदेखि अनेक मन्दिर, देवी द्यौता, भाकल, बलि, पूजा पाठ, तीर्थ–व्रत, दान, पुराण, कोटीहोम, जन्तर, मन्त्र, झारफुक, धामीझाँक्री...झन् सीमातीत हुन्छन् मान्छेका मन पक्षको उपचार। 

विवेकसम्मत शासनमा शासकको विवेक नै कानुनसरह चल्छ। प्रधानमन्त्री भीम शमशेरले आफू प्रधानमन्त्री भएपछि आफ्ना लागि गाँजा माडेर चिलिममा भरिदिने निरक्षर सेवकलाई गाँजे सुब्बामा नियुक्ति दिए अरे। कहाँ निजामती कानुन कहाँ लोकसेवाको परीक्षा ! संविधान शासित शासनमा हो भने त्यो एउटा खटिरा भइहाल्ने थियो र एकथरि मान्छे रिट हाल्न सर्वोच्च पुगिसक्ने थिए। 

मान्छेको यस्तो पीडा र दुखाइको एउटा जहिले तहिले जथाभावी सताइरहने बिसन्चोको नाम हो खटिरा। खटिरा प्राय: शरीरका बाह्य सतहमा निस्किने घाउ हो। जुन निस्किने कारण, स्रोत, आकार, गम्भीरता इत्यादिअनुसार भिन्न-भिन्न हुन्छन्। खटिरा चुस्स निस्किने, पिच्च पाक्ने र त्यत्तिकै फोस्रिएर जाने बालतोड जस्तो नगण्यदेखि शल्यक्रिया नै चाहिने कैंटे पनि भनिने आँखासहितको पिलोसम्मका खटिरा हुन सक्छन्।

अर्को एक खाले खटिरा निस्किने गर्छन् खासगरी जनै लाउने तागाधारी भनिने बाहुन–क्षत्री समुदायमा त्यही जनै लगाएका कारण त्यही जनै रहने क्षेत्रमा। त्यसैले त्यसलाई जनै खटिरा नै भन्छन्। सावधानी नपुग्दा यसले निकै दु:ख दिनसक्छ।

त्यसो त यो बाहुन–क्षत्रीको पनि परिभाषा हुनुपर्छ जस्तो लाग्छ। केही लामो वा अग्लो नाक हुने प्राय गोरो, अग्लो यो समुदायको काइदाअनुसार हो विशेष गरी खस र चुच्चे पनि भनिने र नेवारका केही समुदायमा भने उमेरको आठ वर्ष पुगेपछि व्रतबन्ध भनिने एउटा संस्कार गरिन्छ जसमा अन्य कतिपय कुरासहित जनै लगाइ दिइन्छ।

हुनत पण्डित छविलाल पोखरेलले छुत अछुत हुन्न भनेर उहिल्यै हीरालाल विश्वकर्मा बन्धुहरूलाई जनै लगाइ दिएकै हुन्। अचेलका क्रान्तिकारी र इसाईका झोला बोक्नेले बरु छुत अछुत ब्यूँझाएर राजनीतिको खेती गरिरहेका छन्।

त्यसपछि ऊ सधैँका लागि निधिध्यासन पनि भनिने चिन्तन–मननसहित गायत्री मन्त्र जप्ने लगायत सदाचारी नीति–नियमको अनुशासनमा बाँधिन्छ।

यसलाई धार्मिक कर्मकाण्डी वा जातीय संस्कार पनि ठान्ने गरिन्छ। तर, सूक्ष्म विचार गर्दा यो बाल्यकालको समाप्ति र दायित्वकालको प्रारम्भको औपचारिक बोध देखिन्छ।

बालक अज्ञानी हुन्छ र उसलाई सांसारिक व्यवहारका उचो निचो, सजिला अप्ठ्यारा, ठिक बेठिकको ज्ञान हुँदैन। त्यसैले बालकलाई निर्दोष र निष्पाप ठानिन्छ तथा उसबाट कुनै बिगार भएपनि बालसुलभ गाली बोली वा उँचा सामान्य पाट्ट पिट्टबाहेक कुनै ठूलो र अदालती कारबाही गरिँदैन।

त्यसो त शारीरिक किसिमले पनि अशक्त हुने हुँदा भइपरी र भूलचुक बाहेक ऊ बाट कुनै गम्भीर आपराधिक कार्य हुँदैन पनि। तर, आठ वर्ष आसपासदेखि उसमा ज्ञान छिप्पिन र नियत भावनाको प्रवेश हुन थाल्छ। अब उसको प्राकृतिक निर्दोषिता र निष्पाप पनामा अवसरवाद र दुर्भावना मिसिन सक्छन्।

अत: उसलाई औपचारिक किसिमले कुनै खास संस्कार गरेर परिवारको सदस्य, समझदार व्यक्ति, जिम्मेदार नागरिक र अन्तत: पूर्ण मान्छेका रूपमा तयार पार्न थालिन्छ। अर्थात् व्रतबन्ध उसको वयस्क मान्छेका रूपमा विकसित हुने तालिम केन्द्र प्रवेशको द्वार हो।

हाम्रा कतिपय देशबन्धु व्रतबन्ध नै नगरे र जनै नै नलगाए पनि (कति त त्यो पनि गर्छन्) नीति–नियमको अनुशासन र निधिध्यासन गर्ने सदाचारी भनेर चिनिएका सुवास नेम्बाङ, वैरागी काइँला, प्रा डा जगमान गुरुङ, पारसमणि प्रधान, स्व. हर्क गुरुङ, स्व. प्रपन्नाचार्य, दुर्गालाल श्रेष्ठ, स्व. कृष्णचन्द्रसिंह प्रधान जस्ता राष्ट्रिय मूलधारका कतिपय गैरखसलाई पनि बाहुन नै भन्ने गर्छन्।

सँगै यसबाट के पनि स्थापित हुन्छ भने न जात न कर्मकाण्ड, मुख्य कुरा भनेको मान्छेले एउटा समझदार र जिम्मेदार मान्छे हुनु र त्यस्तो व्यवहार गर्नसक्नु हो जसबाट स्वयं र सरोकारका मानिसमासुख–शान्तिप्राप्त हुन्छ।

जनै र खटिराको कुरा

यहाँ जनैका कारण उत्पन्न हुन सक्ने जनै खटिराको प्रसङ्गले भने अर्को सिंगै राज्यलाई नै दु:ख दिन सक्ने व्यवहार जन्य राजनीतिक खटिराको तुल्यता पनि अटार्य रूपले सान्दर्भिक देखाउँछ। दुवैका प्रकृति, उत्पन्न हुने परिस्थिति, दिने दु:ख उस्तै-उस्तै लाग्छन्। यसमा प्रमुख हो राज्यको पनि व्रतबन्ध भए जस्तै कानुनमा बाँधिनु र मान्छेलाई जनै लगाइए  जस्तै संविधान लगाइनु। 

समूहमा बस्ने मान्छेको सामूहिकता नै शक्ति हो जसलाई राजनीतिक भाषामा सत्ता भनिन्छ र त्यो राज्यसत्ता कहलाउँछ जसलाई हातमा लिनेले त्यसकै बलमा समूहमाथि शासन गर्छ। त्यस्तो शासनका विवेक सम्मत र कानुन सम्मत दुई आधार हुने गर्छन्। राज्य सञ्‍चालन सम्बन्धी मूल कानुनलाई संविधान भन्छन्।

विवेक सम्मत शासनमा शासकको विवेक नै कानुनसरह चल्छ। प्रधानमन्त्री भीम शमशेरले आफू प्रधानमन्त्री भएपछि आफ्ना लागि गाँजा माडेर चिलिममा भरिदिने निरक्षर सेवकलाई गाँजे सुब्बामा नियुक्ति दिए अरे। कहाँ निजामती कानुन कहाँ लोकसेवाको परीक्षा ! संविधान शासित शासनमा हो भने त्यो एउटा खटिरा भइहाल्ने थियो र एकथरि मान्छे रिट हाल्न सर्वोच्च पुगिसक्ने थिए। 

वर्तमान बृहत् र अत्यन्त प्रगतिशील भनिने नयाँ संविधानले त पहिले नाकाबन्दी नै झेल्यो। एउटा राजनीतिक खेमाले आजसम्म यसलाई अछुत करार गरेकै छ। भनाइमा त्यसो भए पनि मन्त्री खाने र राज्यबाट सुविधा लिने कुरामा यसले दलाली अर्थात् सोझै भन्नुपर्दा ब्ल्याकमेलको साधन पनि भइदिनुपरेको छ।

कुनै समुदायको राज्यका रूपमा हुने विकासक्रममा संविधान पछिल्लो वा उच्चतम खुड्किलो हो जहाँदेखि वास्तविक वैधानिक राज्यको प्रारम्भ हुन्छ जसरी व्रतबन्धपछि मान्छेको वयष्‍क जीवन सुरु हुन्छ।

तर, सँगै जनैका कारण जनै खटिरा आएझैँ संविधानका कारण राजनीतिक संकट पनि आउन थाल्ने देखिन्छ। अर्थात् जहाँ जनै उहाँ जनै खटिरा र जहाँ संविधान त्यहाँ राजनैतिक संकट।

जनै खटिराको उदाहरण त सजिलै पाइँदैन कारण यो ककसलाई आएको छ भन्ने उसैलाई वा उसका परिवारलाई मात्रै थाहा हुन्छ। तर, राजनीतिक खटिरा आएको चाँहि देशभरि र छिमेकीलाई समेत थाहा हुन्छ।

थाहा मात्र होइन सारा काम छोडेर, पेटमा पटुका कसेर, खेतबारी बाँझै राखेर, स्कुल–कारखानामा भोटे ताल्चा मारेर, लालाबालालाई भोकै पारेर अदालत धाउने र नारा जुलुस, गाली गलौज, एक-अर्कालाई धारे हातसहित सडकमा परेड लाउने, कोठा कोठामा गुटबन्दी चलाउने, दिल्ली र बेजिङसम्म मन्त्रणा गराउने व्यस्तता रहन्छ।

बढेकोलाई नै विकास भन्ने हो भने आकाश छोउन्जेल इन्धन र बजार भाउसहित महँगी बढ्ने, अभाव बढ्ने, रोग बढ्ने, हराउने र मारिने केटीहरूको संख्या बढ्ने, तन्नेरीको विदेशिने लर्को बढ्ने अभूतपूर्व विकास हुन्छ।

अर्को, जसरी जनै खटिरो पहिले आएको खटिराका कारण मांसपेशी र स्नायुको तनाव तथा पिपको संसर्गका कारण काँधदेखि काखी हुँदै शरीर भरी फैलिन सक्छ। त्यसैगरी, राजनीतिक संकटको पनि प्रकृति उस्तै-उस्तै देखिनु सायद यसको अर्को बेजोड तुल्यता हो। एउटा कानुनी वा राजनीतिक घटना वा संकटका कारण अर्को र तिनका कारण अर्को र अर्को संकट फैलिँदै जानु समान तुल्य देखिन्छ।

नेपालको राजनीतिक संकटको कुरा गर्ने हो भने यसलाई २००४ सालदेखि नै ल्याए पनि हुन्छ जब एकपछि अर्को संकट हुँदै एकपछि अर्को गरेर सातवटा संविधान बनाउँदै यहाँसम्म आउनुपरेको छ।

वर्तमान बृहत् र अत्यन्त प्रगतिशील भनिने नयाँ संविधानले त पहिले नाकाबन्दी नै झेल्यो। एउटा राजनीतिक खेमाले आजसम्म यसलाई अछुत करार गरेकै छ। भनाइमा त्यसो भए पनि मन्त्री खाने र राज्यबाट सुविधा लिने कुरामा यसले दलाली अर्थात् सोझै भन्नुपर्दा ब्ल्याकमेलको साधन पनि भइ दिनुपरेको छ।

यसै अन्तर्गत केके भूमिगत सल्लाह गरेर दुई पार्टी एक भएर चुनाव लडेको नेकपा मध्यतिर आएपछि झगडा सुरु हुँदा यसले प्रभावशाली कार्यान्वयन गुमायो। यसमा जे लेखेको भए पनि आ-आफ्नो शक्ति वृद्धि गर्ने र आ-आफ्नो पक्षपोषण गर्ने किसिमले शासन अघि बढेपछि परेको झगडा बढ्दै बढ्दै दुई-दुईपल्टको संसद् विघटन र अदालतद्वारा पुन:स्थापनासम्मको चरण पूरा भयो।

तर, राजनीतिक संकट पनि समाप्त भयो त? कि झन् फैलिँदै छ? भोलिले देखाइहाल्नेछ। तर, शरीरमा आउने खटिरा र राज्यको संकटमा अर्को सायद अन्तिम तुल्यता के देखिन्छ भने अगिल्लो खटिरा सफाइमा कमी, खानपानमा असावधानी र सम्पर्कमा त्रुटि भएर उब्जिए जस्तै राजनीतिक खटिरा पनि यसको कार्यान्वयनमा अशुद्ध (आर्थिक भ्रष्टाचार, नातावाद, कृपावाद, ढिलासुस्ती आदि) शासनको आन्तरिक प्रवाहमा अक्षमता र कूटनीतिक परिचालनमा कमजोरी देखिन्छ।

लाग्छ विद्यमान संकटका कारण यी कमी कमजोरीको अन्त्य गर्न पनि भ्याइँदैन होला! अर्थात् यही यिनको आधारभूत फरक हुन सक्छ जनै खटिरा सजिलै निर्मूल हुन्छ, राजनीतिक खटिरा सितिमिति हुँदैन। 

[email protected]

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.