|

बाग्लुङ : गलकोट नगरपालिकामा घरेलु रक्सी सेवन गरी गम्भीर बिरामी परेका दुई जनालाई पोखरा पठाइएको छ।

धौलागिरि अस्पतालमा उपचाररत रहेका रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रविन पुनलाई थप उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल पोखरा पठाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए।

दुवैको मिर्गौलामा असर पुर्‍याएको जनाइएको छ। नगरपालिकामा मजदुरी गर्दै आएका चारजना मजदुरको भने मंगलबार बिहान मदिरा सेवन गरेका कारण मृत्यु भएको थियो। उनीहरुको धौलागिरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

सुनिल स्मृति–५ का २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रवीन घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए। प्रहरीले मदिरा पसल सञ्चालक तथा पसलका खाद्य सामग्री नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.