|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य सेवा समूहका सचिवमा नियुक्त भएका डा रोशन पोखरेलले पदबहाली गरेका छन्।

पदबहाली गर्दै सचिव पोखरेलले आफ्नो पहिलो प्राथमिकता खोप नै रहेको बताएका छन। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यमा प्राविधिक सचिवका रुपमा डा पोखरेललाई नियुक्त गरेको थियो। यसअघि उनी मन्त्रालयमा १२ औँ तहमा प्रमुख विशेषज्ञका रुपमा कार्यरत थिए।

पदभार ग्रहण गरेलगत्तै उनले एन्टिबायोटिकको दुरुपयोग रोक्दै उपयुक्त प्रयोगका विषय काम गर्ने समिति गठनको फाइलमा हस्ताक्षर गरेका छन्। पदभार ग्रहणपछि उनले प्रधानमन्त्री शेरबहादुर देउवाले भनेझैं सरकारको प्राथमिकतामा कोभिड खोप भएकाले आफूले पनि सोहीअनुसार काम गर्ने बताए।

सचिव नियुक्तिका लागि सोमबार बिहान बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका १२ औँ तहका प्रमुख विशेषज्ञहरू डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको थियो।

स्वास्थ्य मन्त्रालयमा ०७६ साल पुस २१ गतेदेखि स्वास्थ्य सेवातर्फको सचिव पद रिक्त थियो ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.