|

काठमाडाैं : आज हरिशयनी एकादशी पारेर बाबा गोरक्ष पात्र देवता यात्रा सुरु भएको छ। आज मृगस्थलीमा रहेको गुरु गोरखनाथ आश्रमबाट पात्र यात्रा सुरु भएको हो।

आज मृगस्थलीबाट गोरक्ष पात्रलाई एक महिनासम्म वसन्तपुर दरबारमा रहेको पिरपाटीमा राखिने परम्परा रहिआएको छ। पिरपाटीमा रहेका गोरक्ष पात्रलाई जनैपूणिर्मा को दिन पुग्ने गरी धार्मिक पोखरी गोसाइँकुण्ड लगिने छ।

पात्रलाइ गोसाइँकुण्ड लगिँदा पहिलो रात धुन्चे त्यसपछि चन्दनबारी र अन्त्यमा गोसाइँकुण्डको स्नान एवम् दर्शन गराइ सोही मार्ग काठमाडौं ल्याइने र पिरपाटीमा राखिने छ।

काठमाडौं ल्याइसकेपछि गोरक्ष पात्रलाई माता दक्षिणकालीको दर्शन गराई पिरपाटीमै राखी झम्केस्वरी रथयात्राको विधिपूर्वक गुरु गोरखनाथको मन्दिरमा पात्रलाई विराजमान गराइसकेपछि विधिवत् रुपमा गोरक्ष पात्र देवता यात्रा समापन हुने परम्परा रहिआएको छ।

शताब्दियौंदेखि चलिआएको यो परम्परामा राजा सहभागी हुने चलन रहे पनि हाल त्यो चलन हटेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.