|

सर्लाही : लालबन्दी नगरपालिकाले बनाएको ड्याम लखन्देही खोलामा आएको बाढीले बगाएको छ।

लालबन्दी नगरपालिका–१ नवलपुरस्थित नन्देश्वर सामुदायिक वन क्षेत्रमा बाढीको कटान रोक्न केही दिनअघि बनाएको एक सय ८० मिटर ड्याम हिजो राति आएको बाढीले बगाएको हो।

असारको अन्तिम साता आएको बाढीले वनको झण्डै ३ हेक्टर क्षेत्र कटान गरेको थियो। बाढीले वनमा लगाइएको झण्डै ७ हजार बिरुवा पनि बगाएको छ। उक्त वन क्षेत्रको कटान रोक्नका लागि केही दिनअघि मात्र नगरपालिकाले करिव दुई सय ८० मिटरको दुईवटा ड्याम निर्माण गरेको थियो।

ड्याम पूर्ण रुपमा बगाएको लालबन्दी नगरपालिका–१ का वडाध्यक्ष पंचमान स्याङ्वोले जानकारी दिए। उनले खोला उत्खननमा स्थानीय तहको निगरानी हुन नसक्दा ठेकेदारको मनपरी बढेको बताए।

आफूले पटकपटक मेयर मानबहादुर खड्कासँग नदीजन्य पदार्थको अवैध उत्खनन्को बिषयमा जानकारी गराउँदासमेत मेयरले वास्ता नगरेको गुनासो गरे। ठेक्का सम्झौता भएको गजुरमुखी निर्माण कम्पनीले दादागिरी शैलीमा परिमाण भन्दा झण्डै चार गुणाबढी नदीजन्य पदार्थ निकालेको उनले दाबी गरे।

त्यसैको असर देखिन थालेको उनले सुनाए। सामुदायिक वनका अध्यक्ष उदय बहादुर कार्कीले खोलामा अवैध उत्खननकाे मार सामुदायिक वनले खेप्नु परेको गुनासो पोखे। उत्खनन कारण वन क्षेत्रतर्फ बाढी तेर्सिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.