|

सिन्धुली : गएराति परेको बर्षापछि आएको बाढीले तीनपाटनको चँदाहा खोलामा निर्माणाधिन झोलुंगे पुल भत्काएको छ। बाढीले तीनपाटन गाउँपालिका–१ को सिक्रे र वडा नम्बर २ को हिलेपानी जोड्ने झोलुंगे पुल निर्माण पुरा नहुँदै भत्काएको हो।

चँदाहा नदीमा आएको बाढीले खोलाको धार परिवर्तन गर्दा निर्माणाधिन पुलको पिलर भत्किएको उपभोक्ता समितिका सचिव डिल्लीराम अधिकारीले जानकारी दिए। पुलका लठ्ठा लत्रिएर खोलामा पुरिएका छन्।

भत्किएको पुलका सबै सामानहरु खोलामा पुरिएकाले तत्काल ननिकाले थप क्षति हुने उनले बताए। नदीले धार परिवर्तन गरि मधुगंगामा भुमरी पर्दा खोलाले पुलको पिलर खोलेर ढालेको वडा नम्बर १ का अध्यक्ष गोविन्द राउतले बताए। उपभोक्ता समिति मार्फत निर्माण भइरहेको एक सय १९ मिटर लामो उक्त फलामे पुल डोलिडारको ८८ लाख १७ हजार ८ सय ९१ रुपैयाँ लागत र स्वीस रेडक्रसको प्राविधिक सहयोगमा निर्माण भइरहेको थियो।

पुल निर्माणमा प्राविधिक त्रुटि नरहेको रेडक्रसका जुनियर इन्जिनियर चित्र लुंगेलीले बताए। उक्त पुल २०७८ असार मसान्तमा निर्माणको काम सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.