|

काठमाडौं :  जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न निर्वाचन आयोगको इजलास आज बस्दैछ। आयोगले आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरेको छ।

गत आइतबार आधिकारिकता विवादमा निर्वाचन आयोगमा सुनुवाइ भएको थियो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत पाँचजनाको इजलासमा सुनुवाइ भएको थियो। दुवै पक्षको बहसपछि सक्कली प्रमाण झिकाएर मात्रै अन्य कुरा अघि बढ्ने सहमति भएको थियो। 

आयोगको इजलासले भनेअनुसार उपेन्द्र र महन्थ दुवै पक्षले निर्णयका सक्कल कागजातहरू मंगलबार बुझाइसकेका छन्। सक्कली प्रमाण बुझाएपछि आज पुनः बहस सुरु हुने र निष्कर्षमा पुग्ने बताइएको छ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत, अल्पमत हेरेर निर्णय लिइने आयोगले जनाएको छ।  अध्यक्ष महन्थ ठाकुर समूह निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेपछि जसपा भित्रको विवाद चुलिएको थियो। प्रतिनिधिसभा विघटन गरेर ओलीले प्रतिगमन गरेकाले समर्थन वा सत्ता सहकार्य गर्न नहुने उपेन्द्र पक्षको अडान थियो। तर, महन्थ समूहले नमानेपछि एक अर्कालाई कारबाहीको चरण पार गर्दै जसपा अहिले आधिकारिकताको अन्तिम लडाइँमा छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.