|

काठमाडौं : यातायात व्यवसायीहरूले भाडा समायोजन र कोभिड-१९ विरुद्धको खोप माग गर्दै बिहीबार विराेध र्‍याली निकालेका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्‍वानमा निकालेको र्‍याली यातायात व्यवस्था कार्यालय एकान्तकुनासम्म पुगेको बताइएको छ।

उनीहरूले जोरपाटी स्वयम्भूलगायत ठाउँबाट र्‍याली निकालेका थिए। र्‍यालीले चावहिल,मित्रपार्क,गौशालालगायत सडकमा सवारीसाधनको जामले अस्तव्यस्त बनेका थियो। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले सर्भिस ट्रयाकबाट र्‍याली निकाल्न लगाएको बताए।

यातायातको कागज पत्र नवीकरण र जरिवाना छुट गर्नुपर्ने, यातायातको बिमा छुट,२० वर्ष पुगेका सवारीको अवधि थप गर्नुपर्नेलगायत माग व्यवसायीहरूको छ।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.