|

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १२ हजार ८ सय २९ जनामा कोरोना परीक्षण गर्दा दुई हजार सात सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ६१ जना पुगेको छ। २४ घण्टाभित्रमा एक हजार दुई सय ८८ जना कोरोनामुक्त भएका छन्।

काठमाडौं उपत्यकाभित्र सात सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा पाँच सय ३६,भक्तपुरमा ८५ र ललितपुरमा एक सय ३० जना भेटिएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.